४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

योग साधना सम्पन्न

योग साधना सम्पन्न
अ+ अ-

काठमाडौँ । ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार यहाँ सम्पन्न भएको छ । काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताउनुभयो ।

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो। साधना समापनका अवसरमा विभिन्न अट्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त बिष्टले बताउनु भएको छ । यसपटकको अमृत योगमा २२ जना सहभागी भएका थिए । सहभागिहरुले आफ्नो योगाभ्यासको अनुभव सुनाउदै आत्मिक शान्तिका साथै शारिरीक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरु हल भएकोले आफूले नियमित भाग लिदै आएको बताए ।

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताउनुभयो । उहाँले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूणर् बन्दै गएको जीवनलाई क्रमश सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गर्नुभयो ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भन्नुभयो । आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिनु भएको थियोे । सहभागीहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिइएको थियो ।