३ पुष २०८२, बिहीबार
,
Latest
विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले लयमा रहेको सेल्टा भिगोलाई २–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । टोलीका लागि स्पेनी खेलाडी जोडी लुकास भाजक्वेज र मार्को एसेनसोले गोल गरे ।

यो जितपछि रियलको ३६ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडमाथि यो एक अंकको अग्रता हो ।

तर दोस्रो स्थानमा रहेको एटलेटिकोले तीन खेल कम खेलेको छ । एटलेटिको आइतबार एलाभेसको भ्रमणमा निस्कनेछ । शनिबारको अर्को खेलमा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्‍यो ।