२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

सडकले जोड्दै घुम्टे

सडकले जोड्दै घुम्टे
अ अ+ अ-

बागलुङ । पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ । गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो । करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो । 

गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको रु १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उहाँको भनाइ छ । “अहिले कडा चट्टानयुक्त पहरा परेकाले मार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुग हुने देखिएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको थप सहयोग चाहिएको छ, बजेट भए सडक चाँडै बन्छ ।”

टेउवासम्म विसं २०६४ मै सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरैपछि बनेको हो । एकै वर्षमा सकिने काम भए पनि बजेटको सीमितताका कारण निर्माण अवधि लम्बिरहेको छ । दुई वर्ष लगाएर टेउवास्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो । त्यहाँदेखि अघि पहरा परेकाले बजेट पनि बढी लाग्ने भएको छ । उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्टे चढ्ने पर्यटकको यात्रा छोटिने छ । देउरालीभन्दा माथि भने झण्डै एक घण्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ ।

धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्याउने योजना छ । “पर्यटकलाई त यसै सुविधा हुन्छ, माथि धेरै संरचना बनाउनुपर्ने छ, गाडी पुग्यो भने सामग्री पुर्याउन पनि सहज हुन्छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । यसअघि खच्चडलाई निर्माण सामग्री बोकाएर घुम्टेको शीरमा रहेका मन्दिर, पदमार्गलगायतका संरचना बनाइएको थियो । नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए ।

सडक सुविधा पुग्नासाथ घुम्टे चढ्ने पर्यटक÷भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । उहाँका अनुसार घुम्टे पुग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिने छ । “हिँड्न रुचाउनेका लागि व्यवस्थित पदमार्ग बनेको छ, गाडीमा जानेले पनि केहीबेर पदयात्राको अनुभव सँगाल्न पाउँछन्”, वरिष्ठ उपाध्यक्ष थापाले भन्नुभयो । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक पदयात्राका सौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

पर्यटकलाई लक्ष्य गरी केही वर्षअघि टेउवा हुँदै घुम्टे जोड्ने पदमार्गसमेत निर्माण भइसकेको छ । गलकोट नगरपालिका–७ मल्म हुँदै जोड्ने अर्को पदमार्ग पनि अहिले निर्माणाधीन अवस्थामा छ । वडा नं १० पाण्डवखानी र ताराखोला गाउँपालिका–३ हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ । हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टे धार्मिक, प्राकृतिक एवं जैविक महत्वका दृष्टिले धनी छ । घुम्टेमा रहेका सिद्ध र भैरवको मन्दिरमा बर्सेनि वैशाखे पूर्णिमामा विशेष पूजाआजा हुन्छ । त्यहाँ भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ । मनोरम भू–बनोट, हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षक गन्तव्य मानिन्छ । बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि गलकोट पुगिन्छ । गलकोट हटियाबाट कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे चढिन्छ । घुम्टेलाई गन्तव्य बनाउँदा त्यस आसपासका पर्यटकीयस्थल गाईघाट झरना, गलकोट दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयसमेत घुम्न सकिन्छ ।