७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

ग्राण्डी अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने

ग्राण्डी अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने
अ+ अ-

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ । 

अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ । अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित विरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अहिले सम्म ४ सय २८ कोभिड विरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहित उपचार सेवालाई निरन्तरता दिने बताउनुभयो । समुदायमा अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य उपचार सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्य सहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता साथ काम गरिरहेको पनि अध्यक्ष कुँवरले बताउनुभयो ।

ग्राण्डी अस्पतालले २६ विभिन्न स्वास्थ्य सम्बन्धी विधाहरुमा १ सय २१ पूर्णकालिन विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा उपलब्ध गराइरहेको छ । अस्पतालले स्थापनाका कालदेखि हालसम्म ७ लाख ८५ हजार विरामीको सफल उपचार गरेको छ । हालसम्म ३१ हजार ९ सय विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको पनि अस्पतालले जनाएको छ । अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ओपिडी सेवा, शल्यक्रिया, रेडियो डायग्नोष्टिक, प्याथोलोजी लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ । यस्तै अस्पतालले इको, ट्रेडमिल, मामोग्राम, विएमडी, अल्ट्रासाउण्ड, इसिजी, रेडियोलोजी, प्याथोलोजी सेवा सरल र सहज तरिकाले उपलब्ध गराउँदै आएको छ ।