२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको चुनाव पछि सार्ने प्रयास हुदैछ खबरदारी गरौ !



अ+ अ-

मुलुकमा देखिएका हरेक समस्याको समाधान संसदले गर्छ । नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भनेको संसद हो । जनताको साझा चौतारी हो । सँसदको मूल जिम्मेवारी नागरिकका दैनन्दिन सरोकार लगायतका विषयहरुमा आवाज वुलन्द गर्ने हो । 

स्थानीय तहको चुनावको घोषणा गर्नमा किन ढिलाई भयो भनेर खवरदारी गर्ने हो । नेपाली भूमि लिम्पियाधुरीमा भारतले तत्कालिन ओली सरकारको पालादेखिनै एकतर्फी सडक निर्माणको कार्यलाई तिव्रता दिईरहेको छ । खवरदार हाम्रो सिमाना नमिच भन्ने हो । कोभिडको तेस्रो लहरको बीचमा मुलुक छ । सबै नागरिकलाई खोप उपलव्ध गरा । त्रासदिको वातावरणको अन्त्य गरा  भन्ने आवाज वुलन्द गर्ने होे । 

सरकारलाई रोष्ट्रममा उभ्याएर स्थानीय तहको चुनाव लगायतका विषयमा जवाफ दिन वाध्य पार्ने हो ।  तर संसद घन्काउने साँसदको मुख थुनिएको छ । उनीहरुको मुख थुन्नु भनेको सार्वभौमसत्तासम्पन्न नेपाली नागरिकको मुख थुन्नु हो । नागरिको स्वतन्त्रतामाथि धावा वोल्नु  र वहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थामाथि हमला गर्नु हो । साँसदलाई  आफनो कर्तव्यबाट विमूख गराउने जुन हतकण्डा एमालेले संसदमा गरेको  छ  । यो निन्दनीय र भत्सर्नायोग्य छ । 

तलव भत्ता मात्र खाने, जनताको काम नगर्ने भन्ने भनाईलाई नै पुष्टि हुने गरी जसरी लामो समयदेखि संसद अवरुद्ध गरिएको छ । यसले हाम्रो व्यवस्थामाथिनै आँच पुगेको छ । यसको जति निन्दा गरेतापनि कमी नै हुन्छ  ।  जहिलेसम्म चुनाव हुदैन तवसम्म संसद अवरुद्ध हुन्छ भनेर नेकपा एमालेका अध्यक्षले नै भन्नुभएको हामी कसैसँग पनि छिपेको छैन । 

यदि नेकपा एमालेले प्रतिनिधि सभाको विघटननै खोजेको हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधि सभाको अर्लि इलेक्शनको संस्थागत  प्रस्ताव(संकल्प प्रस्ताव)  एमालेले दर्ता गरोस । मलाई लाग्छ यसमा सत्तागठवन्धन पनि सहमत हुन्छन । हुनत सर्वोच्च अदालतले सरकार बन्ने विकल्प रहुन्जेल प्रतिनिधि सभालाई मार्न पाँइदैन भनेर फैसला गरेको छ । दुई तिहाई भन्दा वढी सार्वभौमसत्तासम्पन्न जनताका प्रतिनिधिले अव हामी जनताको जनादेशका लागि चुनावमा जान्छौ भनेर आँफैले आँफैलाई मार्ने निर्णय गर्छन भने मलाई लाग्छ यसमा अदालत वाधक हुदैन । फैसला प्रभावित हुदैन । 

अहिले स्थानीय तहको चुनाव पछि सार्ने प्रयास हुदैछ । यसलाई रोक्न पनि नेकपा एमालेले अब दुईवटा मध्ये एउटा विकल्प रोज्न जरुरी छ । संसद चिल्न दिने । संसद चल्न नदिने हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधिसभाको पनि अर्लि ईलेक्शन सम्वन्धि संकल्प प्रस्ताव दर्ता गर्ने ।