२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई दिए वरिष्ठ कलाकार हरिवंशले शुभकामना



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्जिमा हुने खेलहरुमा सहभागी हुने भएपछि सन्दीप लामिछानेलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले शुभकामना दिएका छन् ।

सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी हुन आज मात्र वेस्ट इन्डिजमा पुगेको सार्वजनिक भएलगत्तै वरिष्ठ कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन् ।

लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका छन् । यो लगत्तै हरिवंश आचार्यले शुभकामना दिएका हुन् ।

वरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसअघि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति आपत्ति जनाउँदा पछि मागी माग्नुपरेको थियो । अहिले पनि सन्दीपलाई विश्वकपमा सहभागी हुन्छ कि हुँदैन भन्नेमा नेपालीको जनमत विभाजित छ ।

हरिवंशले दिएको शुभकामनामा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

सन्दीप वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुनेछन् ।