२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को ११ औं खेलमा आज पाकिस्तानले अमेरिकासँग खेल्दैछ । डलासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ९:१५ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान आज आफ्नो पहिलो खेल खेल्दैछ भने अमेरिका दोस्रो खेल खेल्दैछ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । क्यानडाले दिएको १९४ रनको विशाल लक्ष्य अमेरिकाले सजिलै पुरा गरेको थियो ।

पाकिस्तानको सम्भावित प्लेईङ ११:​

मोहम्मद रिजवान (विकेटकीपर), बाबर आजम (कप्तान), उस्मान खान, फखर जमान, आजम खान, इफ्तिखार अहमद, शादाब खान, शाहीन शाह अफ्रिदी, हरिस रउफरमोहम्मद आमिर, नसीम शाह, अबरार अहमद।

अमेरिकाको सम्भावित प्लेईङ ११:​

स्टीवन टेलर, मोनांक पटेल (विकेटकीपर र कप्तान), एन्ड्रिस गौस, आरोन जोन्स, नितिश कुमार, कोरी एन्डरसन, हरमित सिंह, शेडले भान शाल्कविक, जसदीप सिंह, अली खान, सौरभ नेत्रवलकर।