२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को ११ औं खेलमा आज पाकिस्तानले अमेरिकासँग खेल्दैछ । डलासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ९:१५ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान आज आफ्नो पहिलो खेल खेल्दैछ भने अमेरिका दोस्रो खेल खेल्दैछ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । क्यानडाले दिएको १९४ रनको विशाल लक्ष्य अमेरिकाले सजिलै पुरा गरेको थियो ।

पाकिस्तानको सम्भावित प्लेईङ ११:​

मोहम्मद रिजवान (विकेटकीपर), बाबर आजम (कप्तान), उस्मान खान, फखर जमान, आजम खान, इफ्तिखार अहमद, शादाब खान, शाहीन शाह अफ्रिदी, हरिस रउफरमोहम्मद आमिर, नसीम शाह, अबरार अहमद।

अमेरिकाको सम्भावित प्लेईङ ११:​

स्टीवन टेलर, मोनांक पटेल (विकेटकीपर र कप्तान), एन्ड्रिस गौस, आरोन जोन्स, नितिश कुमार, कोरी एन्डरसन, हरमित सिंह, शेडले भान शाल्कविक, जसदीप सिंह, अली खान, सौरभ नेत्रवलकर।