११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत
अ अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामै धक्का लागेकोतर्फ सबै सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आइतबार आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले झारा टार्ने ढंगले कसैले पनि पत्रकारिता गर्न नहुने सुझाउनुभयो। ‘मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ। माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । त्यसका लागि विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ । अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छ’ अध्यक्ष बस्नेतको भनाइ थियो ।

उहाँले अहिले युट्युबका कतिपय माध्यममा झारा टार्ने प्रवृत्ति देखिएको र त्यसले पत्रकारिताको पेसागत मूल्यमान्यतामाथि प्रश्न उठाउने काम गरेको बताउनुभयो । अहिलेको पत्रकारिता गाली बेइज्जतीकेन्द्रित भएकोमा चिन्तासमेत व्यक्त गर्दै उहाँले स्वस्थ र विवादरहित पत्रकारिता गरियो भने मात्र पेसागत मर्यादा कायम रहने बताउनुभयो ।

युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो हुन सके युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युब सञ्चालकलाई उहाँको अनुरोध थियो । ‘हामीले राम्रो गरेनौँ भने यो क्षेत्र पनि कहिल्यै राम्रो हुँदैन, हाम्रो पेसालाई कसैले राम्रो पनि भन्दैन, कस्तो गर्ने भन्ने हाम्रै हातमा छ, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनैपर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता रहँदैन ।” उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालले युट्युबमार्फत् सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आइतबार भएको चौथो श्रृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा। भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै सञ्चार विज्ञ डा। आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले फिल्टर गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्ने बताउनुभयो । युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको औँल्याउदै उहाँले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई फिल्टर गरेर दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । १३० वर्ष पुरानो छापा माध्यमबाट सुरु भएको पित पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युबको व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिनुभएको थियो ।

युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरिरहेको अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युबमार्फत पत्रकारिता गर्न चाहनेका लागि काउन्सिलले मार्गनिर्देश गर्नु दायित्व रहेको उल्लेख गर्नुभयो । त्यस्ता माध्यमलाई अभिलेख र दर्ता/सूचीकरण प्रक्रियामा लैजाने र वैधानिक रूपमा पत्रकारिता कर्मका लागि प्रेरित गर्न काउन्सिलले काम गरिरहेको बताउनुभयो ।

विभिन्न युट्युबका ३० जना सञ्चालकरसम्पादकको सहभागिता रहेको कार्यक्रम काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गर्नुभएको थियो ।