२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित

कांग्रेसद्वारा ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम

कांग्रेसद्वारा ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धमा देशभर विरोध प्रदर्शन गरेको छ । घोषित कार्यक्रमअुनसार कांग्रेसले ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । कांग्रेसले सरकारले गरेको संसद् विघटनको कदमलाई असंवैधानिक भएको बताएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर कांग्रेसले दोस्रो चरणको आन्दोलन शुरु गरेको हो । कांग्रेसले देशभरका स्थानीय तहसम्म विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरुले संसद् विघटन असंवैधानिक भएको भन्दै सरकारको कदमको विरोध जनाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित विरोध सभामा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको थियो । कपनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता गगन थापाले सरकारलाई संसद् विघटन गर्ने कुनै पनि अधिकार नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले संसद् विघटन गर्न पाइन्छ भनेर फैसला ग¥यो भने प्रधानमन्त्री ओलीले सर्वोच्च पनि भंग गरिदिन सक्छन् ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउँदै थापाले भन्नुभयो– ‘प्रधानमन्त्रीजी तपाईं सुवास नेम्वाङ र अग्नि खरेललाई लिएर आउनुहोस्, हामी पूर्वराष्ट्रपति रामवरण यादव लिएर खुल्ला मञ्चमा बहस गरौं, संविधानमा कहाँ छ संसद् विघटन गर्ने अधिकार ?’

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहकाले आफ्नो पार्टीले कुनै पनि दबाब नदिने बताउनुभएको छ । उहाँले विचाराधीन मुद्दामा यसो गर उसो गर भनेर आफ्नो पार्टीले कुनै दबाब नदिने बताउँदै उहाँले अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो ।
शनिबार बूढानीलकण्ठमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटन सरकारले चालेको असंवैधानिक कदम भएको बताउनुभयो । ‘वैशाखमा चुनाव भयो भने हामी तयार हुनुपर्छ’, सभापति देउवाले भन्नुभयो– ‘सर्वोच्च अदालतभन्दा पनि ठूलो अदालत जनता हो, जनतामा जान तयार हुनुपर्छ ।’

उहाँले पाँच महिनामा भए पनि दुई वर्षमा भए पनि चुनावका लागि पार्टी तयार हुनुपर्नेमा जोड दिँदै वैशाखमै चुनाव गराउन पार्टीले कोसिस गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव गराएनन् भने सम्पूर्ण जनता मिलेर सडकबाटै हटाउन बाध्य हुने उहाँको भनाइ थियो । ‘चुनाव नगराए नेपाली जनताले ओलीलाई नेपालमा बस्न नदिने अवस्था आउन सक्छ’, देउवाले भन्नुभयो– ‘धनगढीमा भाषण गर्दा चुनाव गराउँछु भन्नुभएको छ, चुनाव गराउनैपर्छ, चुनावमा प्रचण्डजीहरुले पनि भाग लिनुहुन्छ ।’ उहाँले चुनाव गराउन सक्नुभएन भने ओली राष्ट्रविरोधी बदनाम पात्रको रुपमा चिनिने बताउनुभयो । वैशाखमा चुनाव हुने अवस्थामा प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, कांग्रेस जनाने भन्ने हुँदैन, कांग्रेस चुनावमा जान्छ, उहाँले भन्नुभयो । नेपाल समाचारपत्र दैनिक