११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्त चाडको रौनक



अ+ अ-

अहिले चीनमा वसन्त चाड नजिकिँदै छ । चिनियाँ नयाँ वर्षलाई वसन्त चाड वा चन्द्र नयाँ वर्ष पनि भनिन्छ । यो चीनको सबैभन्दा ठूलो चाड हो र सात दिन लामो छुट्टीका साथ मनाइन्छ ।

यस अवधिमा चीनमा प्रतिष्ठित रातो लालटिन, चर्को आतिशबाजी, विशाल भोज र परेड आयोजना गरिन्छ । 

२०२२– बाघको वर्ष

सन् २०२२ मा चिनियाँ नयाँ वर्ष फेब्रुअरी १ मा पर्छ। यो चिनियाँ राशि अनुसार बाघको वर्ष हो । बाह्र वर्षको चक्रअनुसार प्रत्येक वर्ष विशेष जनावरले प्रतिनिधित्व गर्दछ।

सन् २०२३ चिनियाँ नयाँ वर्ष जनवरी २२ मा पर्छ र त्यो खरायोको वर्ष हुनेछ ।

पारिवारिक पुनर्मिलन

पश्चिमी देशहरूमा क्रिसमस र नेपालमा दशैँजस्तै चिनियाँ नयाँ वर्ष भनेको परिवारसँग घरमा बस्ने, कुराकानी गर्ने, पिउने, खाना पकाउने र सँगै मनपर्ने भोजनको आनन्द लिने समय हो।

जनवरी १ मा मनाइने विश्वव्यापी नयाँ वर्ष र नेपालमा वैशाख १ गते बनाइने नयाँ वर्षको विपरीत चिनियाँ नयाँ वर्ष कहिल्यै निश्चित मितिमा हुँदैन।

मितिहरू चिनियाँ चन्द्र पात्रोअनुसार भिन्न हुन्छन् । तर सामान्यतया ग्रेगोरियन क्यालेन्डरमा जनवरी २१ र फेब्रुअरी २० बीचको दिनमा पर्दछ।

चाडपर्वको मिति जनवरी वा फेब्रुअरीमा चिनियाँ सौर्य शब्दको वरिपरि ‘वसन्तको सुरुआत’ हो । त्यसैले यसलाई ‘वसन्त पर्व’ पनि भनिन्छ।