२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै अहिलेसम्मकै ‘झुर’ फाइनल



अ+ अ-

काठमाडौँ । एक महिनाभन्दा बढी लामो समयसम्म चलेको विश्वकै प्रतिष्ठित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएको छ । २२ मार्चदेखि सुरु भएको आईपीएल २६ मे (आइतबार) समापन भएको छ ।

१७ औं संस्करण रहेको यस सिजनको फाइनल खेल उत्साहजनक हुन सकेन । फाइनल खेल चेन्नईको चेपौकमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच भएको थियो ।

हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बन्यो ।
कोलकाताको यो समग्रमा तेस्रो उपाधि हो । टोलीले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।

टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो ।

कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो ।

टी–२० इतिहासमै सर्वाधिक रन खडा गरेको हैदरावादको ब्याटिङ फाइनलमा भने निकै कमजोर रह्यो । हैदरावादले यसै सिजन ३ पटक २८७/३ (टी–२० मा सर्वाधिक स्कोर), २७७/३ र २६६/७ रन बनाएको थियो । तसर्थ फाइनलमा टोलीबाट यसप्रकारको स्कोरको अपेक्षा गरिएको थिएन ।

यता, कोलकाताको भने आफ्नो १० वर्ष लामो उपाधि खडेरीको अन्त्य गर्‍यो । यसअघि कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।