२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट ३ करोड ८५ लाख मूल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

ठमेलस्थित एक होटलबाट प्रहरीले कंगोकी एकजना महिलालाई १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो रहेकी छिन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी म्बोङ्गोलाई काठमाडौँ ओर्लिएदेखि नै पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने बताईएको छ । यसबारे थप अनुसन्धान भईरहेको एसपी कार्कीले बताए ।