२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको विजेता टोलीले पाउने पुरस्कार भन्दा स्टार्क महँगा



अ+ अ-

एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ । आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यस संस्करणको विजेता टोलीले २० करोड पुरस्कार राशी पाउनेछ । यस पुरस्कार राशीभन्दा खेलाडीको बढी पारिश्रमिक रहेको छ । आईपीएल लिलामीमा मिचेल स्टार्क र उनको राष्ट्रिय टोली प्याट कमिन्सको लागि २० करोड भारुभन्दा बढी खर्च भएको थियो ।

स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा टोलिमा भित्र्याएको थियो । यस्तै, कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप विजेताको पुरस्कारभन्दा पक्कै बढी हो ।

टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।