१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँ: काँग्रेस

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँ: काँग्रेस
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताउनुभएको हो ।

उहाँले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताउनु भयो । उहाँले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप पनि लगाउनु भयो । उहाँले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवद्ध पदाधिकारीहरुलाई छानविनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पार्नुभयो । उहाँले कार्यादेशमा सहमती भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रश्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कार्यदल बैठकमा काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ छौँ । कार्यदलको बैठकमा नेपाली काँग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ । त्यसकारण नेपाली काँग्रेस पार्टी जहाँ अडिएको छ, रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ । उठाएको अडानमा त्यहीँ छौँ । जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरु, त्यहाँ भएका व्यक्तिहरु जो–जो छानविनको दायरामा ल्याउनुपर्छ, त्यो छानविनको दायरामा नल्याएसम्म नेपाली काँग्रेसले मान्नेवाला छैन । यदि सत्तापक्षले टिओआरमा सहमती गर्‍यो । भोलिसम्म सहमती गरेर टिओआर बनेर छानविन समिति बन्यो संसदबाट भने सहज ढंगबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद चलाउनु लोकतन्त्रकै उपहास हो ।’

नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि छानविन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताउनु भयो । उहाँले सडक आन्दोलन समेत शुरु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षलाई मर्यादापालकको घेराबन्दीमा राखेर, जर्बजस्ती दादागिरीको भरमा जसरी आज नीति तथा कार्यक्रम पास भयो । दु:खद् कुरा भएको छ । पीडितहरु आन्दोलित हुनुहुन्छ । हामी जनताको पक्षमा छौँ । अब हामी सडकमा पनि जादैछौँ । जबसम्म जनताको लाखौँ वचत अपलचन भएको छ, त्यो जबसम्म फिर्ता हुँदैन । गृहमन्त्रीको छानविन समिति जबसम्म गठन हुँदैन । तबसम्म नेपाली कांग्रेस पार्टी कुनै हालतमा पछाडी हट्दैन ।’

नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाउनुभएको छ । वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताउनु भयो । उहाँले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बिपीको नाम लिन सबैको अधिकार छ । तर बिपीले सहकार्य शुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको शुरुवात गर्नुभएको थियो । त्यो अवधारणा आज देखिएको छ त ? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ, उहाँले रोष्टममा बिपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ । सहकारी ठगहरुलाई बिपीको नाम लिने अधिकार छैन है । आज स्वर्णिमजीले नाम लिनुभयो । उहाँ सहकारी ठगको मतियार हो ।’

उहाँले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनु भयो ।