६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलक्षित रामकुमारीको टिप्पणी: ‘सहकारीमा जम्मा भएको पुँजी अपचलन गरेर अवस्था बदलिँदैन’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गर्नुभयो ।

उहाँले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउनु भयो । उहाँले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताउनु भयो । उहाँले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताउनु भयो । उहाँले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्छेहरुमाथि कहिले काहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरुमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन् । तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ । त्यसकारण काउण्टर आरोप प्रत्यारोप होइन । मैले मिडिया ट्रायल भएको देखेँ, कान्तिपुर मिडिया ग्रुपको अध्यक्षमाथिको धरपकड कुरा । अध्यक्षको धरपकडको विषय र उहाँको संलग्नताको अवस्था र अपराधको विषय आजको फाइनान्सियल क्राइससँग र यसको तुलनासँग मात्र यो कति फरक हो । र मिडियाले निरन्तर समाचार लेखे बापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो की यो बदला हो ? सहज अनुमान छैन ? मिडिया चलाउँदैमा वा कोही पावरमा हुँदैमा उसले गरेको कसुरको सजायबाट उ मुक्त हुन्छ भन्ने होइन ।’

‘तर कसुर अनुसारको सजाय र छानबिनको लागि मान्छेलाई बदलाको हिसावले राज्यले हेर्छ भने राज्यसँग त व्यक्ति लड्न सक्दैन नि । बदलाको हिसावले चालिएको स्टेप तर्साउने तरिका हो । त्यसको पक्षमा हामी छैनौँ । व्यवस्था ठिक छ अवस्था बदल्ने भन्ने छ । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन ।’

उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताउनु भयो ।