२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले आईपीएल फाइनल जित्ने पक्का छ किनभने प्याट कमिन्स…



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को फाइनलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको टोली आमनेसामने हुँदैछन् । दुई टोलीबीचको खेल चेन्नईको चेपौक रंगशालामा हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

हालसम्म कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदरावादले १ पटक आईपीएलको उपाधि जितेका छन् । यो खेलअघि भारतीय पूर्व क्रिकेटर तथा मिस्टर आईपीएल भनेर चिनिने सुरेश रैनाले आफ्नो बयान दिएका छन् ।

 

सनराइजर्स हैदरावादको च्याम्पियन बन्ने सम्भावना बढी रहेको सुरेश रैनाको विश्वास छ, यसका पछाडि प्याट कमिन्स छन् । कप्तान भएर विश्वकप जितेका यी खेलाडीलाई ठूला खेलमा ड्रेसिङ रुमको वातावरण कसरी सुधार्ने भन्ने थाहा छ ।

यसरी, महत्त्वपूर्ण खेलहरूमा टोलीका सबै खेलाडीहरूले आफ्नो भूमिका जान्नुपर्दछ । यसो भयो भने खेलमा जित निकाल्न सहज हुन्छ ।

यसका साथै सुरेश रैनाले सनराइजर्स हैदरावादले आफ्नो बलमा खेल्नुपर्ने र यो टोलीको बलियो पक्ष ब्याटिङ गर्ने भएकोले टस जितेर पहिले ब्याटिङ गर्नुपर्ने बताए ।

सुरेश रैनाले फाइनलमा कोलकाता नाइट राइडर्सविरुद्ध पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले ठूलो स्कोर बनाउन सफल भए श्रेयस अय्यरको टोलीमाथि दबाब पर्ने बताए ।

साथै, सनराइजर्सका ब्याट्सम्यानले सुनिल नारायण र वरुण चक्रवर्तीको स्पेल कसरी खेल्छ भन्ने कुरा पनि रोचक हुनेछ । यी दुईका ८ ओभर खेलमा महत्वपूर्ण कारक साबित हुन सक्छन् । तर प्याट कमिन्सको अनुभवलाई हेर्दा सनराइजर्स हैदरावाद हावी देखिन्छ ।