२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः कोलकाता र हैदरावादको सबैभन्दा तागत र कमजोरी के हो ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को फाइनल आज आइतबार चेन्नईको एमए चिदम्बरम चेपौक स्टेडियममा बेलुका ७ः४५ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ ।

दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स यसअघि अहमदाबादमा भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अर्कोतर्फ शुक्रबार चेपौकमा भएको दोस्रो क्वालिफायरमा एक पटकको विजेता सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

कप्तान प्याट कमिन्सको नेतृत्वमा सनराइजर्स हैदरावादले यो सिजन दुई पटक कोलकाता नाइट राइडर्ससँग खेलेको छ तर दुवै पटक हार बेहोरेको छ ।

योसँगै श्रेयस अय्यरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स यस सिजनमा फरक देखिएका छन् । गौतम गम्भीर मेन्टर बनेपछि टोली यस सिजन उत्कृष्ट लयमा देखिएको छ । उनको कप्तानीमा दुई पटक च्याम्पियन बनेको टोली उनको प्रशिक्षणमा तेस्रो उपाधिबाट एक जित मात्र टाढा छ ।

सनराइजर्स हैदरावादको तागत
कप्तान प्याट कमिन्सको टोलीको सबैभन्दा ठूलो बल उनीहरूको ओपनिङ ब्याटिङ जोडी हो । ट्राभिस हेड र अभिषेक शर्र्माले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई धेरै खेल जिताउन सफल भएका छन् । यस्तै, हेनरिक क्लासेनले यो सिजन मिडल अर्डरमा आफ्नो आक्रामकताबाट प्रभावित पारेका छन् ।

कोलकाता नाइटराइडर्सको तागत
जारी सिजनमा कोलकाता नाइट राइडर्सका ओपनिङ जोडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । साल्ट घर फर्केपछि सुनील नारायणले गुरबाजको साथपाएका छन् । टोलीका दुई मिस्ट्री स्पिनर नारायण र वरुण चक्रवर्तीको चेपौकमा उत्कृष्ट कीर्तिमान छ ।

सनराइजर्स हैदरावादको कमजोरी
मिचेल स्टार्कविरुद्ध ट्राभिस हेडको कीर्तिमान खासै राम्रो छैन । सनराइजर्सको ब्याटिङमा हेड र अभिषेक असफल हुँदा टोली अगाडी बढ्न सकेको छैन । मध्यक्रममा उनीहरुको पूर्ण निर्भरता क्लासेनमा जान्छ ।

कोलकाता नाइट राइडर्सको कमजोरी
केकेआरका लागि पनि मिडल अर्डरले यो सिजन धेरै रन बनाउन सकेको छैन । यदि शीर्ष क्रम फाइनलमा असफल भयो भने, केकेआर पनि यहाँ समस्यामा पर्न सक्छ । सनराइजर्सका स्पिनरहरूले यहाँ ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन् ।