२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



file photo
अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।

अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११:३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।