१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता

सहकारी प्रकरण: गृहमन्त्री लामिछानेको नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

सहकारी प्रकरण: गृहमन्त्री लामिछानेको नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

आईतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुग्नुभएको काँग्रेस सांसद जीवन परियारले बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी हुनुभएको बताउनु भयो । भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ ।

वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताउनु भयो । उहाँले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिनुभएको बताउनु भयो । शिर्ष दलका नेताहरुको बैठक आईतवार साँभm वा सोमवार बिहान पुन: बसेर निस्कर्षमा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बिहान प्रधानमन्त्रीको निवासमा शिर्ष नेताहरुको बैठक गर्ने तय भएको थियो । आज ९ बजे बालुवाटारमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बसेर अहिलेको गतिरोधलाई अन्त्य गर्न छलफल गर्ने तय भएको थियो । पार्टी सभापतिको स्वास्थ्य अवस्थाका कारण यहाँ नै बस्न आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरुको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । अहिलेको कार्यदलले निस्कर्षमा पुर्‍याउन नसकेको विषय विगत लामो समयदेखि हामीले संसदमा उठाइरहेको विषय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट रकमहरु गोरखा मिडिया नेटवर्कमा प्राप्त भएको र उक्त रकम अपचलन भएको भन्नेबारेमा नेपाली काँग्रेसले उठाइरहेको विषय हो संसदमा ।’

‘यो विषयमा छानबिन समिति बनाउने कुरा र कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा यसलाई कसरी टुंग्याउन सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीजी गम्भीर रहेको हामीले पाएका छौँ । प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुंग्याउनेमा सरकारको भनाइ छ । यही अहिलेको गतिरोध अन्त्य गर्न केन्द्रित भयो होला भन्ने लाग्छ । अहिलेको स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीले जोड दिनुभएको छ । नेपाली काँग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रश्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ । उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’

उहाँले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रश्तुत नभएको आरोप समेत लगाउनु भयो ।