२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपअघि बंगलादेशसँगको टी–२० सिरिज जितेर अमेरिकाले आफूलाई बलियो साबित गरेको छ । ह्युस्टनस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको दोस्रो टी–२० खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको छ ।

योसँगै अमेरिकाले तीन खेलको टी–२० सिरिजमा २–० को अग्रता बनाएको छ । अमेरिकाले बंगलादेशलाई कुनै पनि फर्म्याटको सिरिजमा हराएको यो पहिलो पटक हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १३८ रन मा समेटिएको थियो ।

अमेरिकाका ओपनर स्टिभन टेलर र कप्तान मोनांक पटेलले टोलीलाई राम्रो सुरुवात दिँदै पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । रिशाद हुसेनको बलमा तान्जिद हसनले क्याच आउट गरेपछि टेलर आउट भए । उनले २८ बलको सामना गर्दै ३१ रन बनाए । कप्तान मयंक पटेलले ३८ बलमा ४२ रनको इनिङ खेले ।

टेलरपछि कप्तान पटेलले आरोन जोन्ससँग ५६ बलमा ६० रनको साझेदारी गर्दै टोलीको स्कोरलाई सम्मानजनक स्तरमा पुर्‍याउन योगदान दिए। जोन्सले ३४ बलमा ३५ रन बनाए ।

बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले २–२ विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । ओपनिङ ब्याट्सम्यान सौम्या सरकार खाता नखोलेर १ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि बंगलादेशको दोस्रो विकेट पनि ३० रनमा खसेको थियो । तान्जिद हसन पनि १९ रन बनाएर पेभिलियन फर्किए ।

कप्तान नजमुल शान्तोले इनिङ्स सम्हालेका थिए । पहिले उनले तान्जिद हसनसँग २२ बलमा २९ रनको साझेदारी गरे । त्यसपछि उनले तौहिद हडेसँग ३७ बलमा ४८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाउन सक्दो प्रयास गरे पनि सफल हुन सकेनन् । शान्तोले ३४ बलमा ३६ रन बनाए ।

उनको आउट भएपछि तौहिद हुदे र शकिब हसनले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तौहिदले २१ बलमा २५ रन र शकिब हसनले २३ बलमा ३० रन बनाए ।

अमेरिकाका लागि अली खानले सर्वाधिक विकेट लिए । उनले ३.३ ओभरमा २५ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रावलकरले ३ ओभरमा १५ रन दिएर २ विकेट लिए भने शाडले भानले २ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १–१ विकेट लिए ।