२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीमाथि खतरा ? आरसीबीको अभ्यास रद्द



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को एलिमिनेटर खेल बुधबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच अहमदाबादमा हुँदैछ । आरसीबीले यो खेलअघि अभ्यास रद्द गरेको छ ।

एक रिपोर्टका अनुसार विराट कोहली खतरामा छन् । जसका कारण उनको सुरक्षालाई ध्यानमा राख्दै अभ्याससँगै पत्रकार सम्मेलन पनि रद्द गरिएको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।

बुधबार साँझ राजस्थान र बैंगलोरबीचको खेल हुँदैछ । यो खेलअघि आरसीबीले अभ्यास सत्र रद्द गरेको थियो । यससँगै दुवै टोलीले पत्रकार सम्मेलन पनि रद्द गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार गुजरात प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरु आतंकवादी भएको प्रहरीले आशंका गरेको छ । कोहलीमाथि खतराको छाया परेको छ । कोहलीको सुरक्षालाई ध्यानमा राख्दै अभ्यास रद्द गरिएको हो ।

आईपीएलमा हालको फर्मको कुरा गर्दा राजस्थान र बैंगलोर एकअर्काका पूर्ण विपरित छन् । आरसीबीले अन्तिम ६ खेल जितेको छ भने राजस्थानले अन्तिम ६ खेलमध्ये एउटा मात्र जितेको छ। चार खेलमा हार बेहोरेको थियो भने एक खेल अनिर्णित रह्यो ।

यी दुईबीच हालसम्म ३१ खेल भइसकेका छन् । जसमध्ये बैंगलोरले १५ र आरआरले १३ खेल जितेको छ । तीन खेलमा नतिजा आउन सकेन । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पनि दुवै टोली दुई पटक भिडेका छन् । एक खेल राजस्थान र एक खेल बैंगलोरले जितेको छ ।

सन् २०२० देखि बैंगलोरको टोली राजस्थानमाथि दबदबा कायम राख्दै आएको छ । यस अवधिमा आरसीबीले सात खेल जितेको छ भने आरआरले तीन खेल जितेको छ । नकआउट राउण्डमा दुवै टोलीको कीर्तिमानको कुरा गर्दा आरसीबीले ६ खेलमा जित र ९ हार बेहोरेको छ भने राजस्थानले नकआउट चरणमा चार खेल जितेको छ भने पाँचमा हार बेहोरेको छ ।