२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

नेपालमा कोभिड खोप परीक्षण गर्ने तयारी

नेपालमा कोभिड खोप परीक्षण गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल र काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल तयारीमा जुटेका छन् । खासगरी, विकासशील मुलुकहरुमा खोपको विकास गर्ने ग्लोबल अलायन्स (गाभी)लाई इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाली कम्पनीले मद्दत गर्छ । यसले विश्व स्वास्थ्य संगठनकै लागि काम गर्ने हो । भ्याक्सिन प्रभावकारी छ भन्ने देखाइसकेपछि विश्व स्वास्थ्य संगठनले नेपालजस्ता विकासशील मुलुकलाई वितरण गर्छ । परीक्षण गर्न लागिएको भ्याक्सिन अस्ट्रेलिया र चाइनाको सहकार्यमा बनेको क्लोभर कम्पनीले बनाएको भ्याक्सिन हो । यो अरु देशमा पनि स्वीकृत भइसकेको छ ।

प्रिक्लिनिकल स्टडी जनावरहरुमा गरिन्छ । प्रिक्लिनिकल, फ्रेज वन, फ्रेज टु भनेर परीक्षण भइसकेर यो फ्रेज थ्री ट्रायलमा आएको हो । फ्रेज थ्री ट्रायलमा भ्याक्सिन कत्तिको प्रभावकारी छ भनेर हेर्ने गरिन्छ । नेपालमा अहिलेसम्म प्रभाव हेर्ने परीक्षण भएको छैन र यो पनि असर तथा प्रभाव हेर्ने परीक्षण होइन । यो कत्तिको उपयोगी छ भनेर हेर्नका लागि परीक्षण गरिने हो । कुल ३४ हजारमा गरिने परीक्षणमा नेपालले १ हजार ८ सयलाई मात्र परीक्षण गर्दछ । यस्तो परीक्षण अरु मुलुकमा पनि गरिँदै छ । बहुमुलुक परीक्षण प्रक्रियामा नेपाललाई पनि पहिला राम्रो काम गरेकोले छानेको हो ।

विश्व स्वास्थ्य संगठनको कोभिड भ्याक्सिन उत्पादन प्रक्रिया सफल बनाउन सघायौं भने हामीले मुलुकका लागि पहिचान हासिल गर्नसक्छौं । भ्याक्सिन दिएपछि मान्छेमा विकास गर्नुपर्ने रोग प्रतिरोधात्मक क्षमता एन्टीबडिजहरु जुन प्रक्रियाबाट निस्कनुपर्ने हो कति प्रभावकारीरुपमा निस्कियो भनेर हेरिन्छ । त्यस प्रकारको एन्टीबडी निस्केपछि हामी कोभिडबाट कति सुरक्षित हुन्छौं भन्ने अध्ययन–अनुसन्धान गर्न खोजिएको हो । खोप परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डबाट गत शुक्रबार पास गरिसकिएको छ । अहिलेको नयाँ अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट पनि पास हुनुपर्छ ।

मन्त्रिपरिषद्मा लैजाने प्रक्रियाका लागि बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको समेत संयोजनमा मन्त्रिपरिषद्मा लैजानुपर्छ । छिटो बाटोबाट चाँडै भ्याक्सिन पाइयो भने हाम्रोजस्तो मुलुकका लागि राम्रो हो । फाइजर, मोडेना भ्याक्सिन नेपालमा आइपुग्न अझै एकदेखि डेढ वर्ष लाग्छ । त्यतिबेलासम्म कुर्नुभन्दा त यसलाई पनि फास्ट ट्र्याकमा राखियो भने यो भ्याक्सिन चाँडै आउन सक्छ । हाम्रोजस्तो विकासशील मुलुकका जनताले पनि चाँडै भ्याक्सिन पाऊन् भन्ने विश्व स्वास्थ्य संगठनको मुख्य उद्देश्य हो । यसको फलोअप अवधि कम्तीमा पनि एक वर्ष लाग्छ । कुनै औषधीले कसैलाई ठीक गरिराखेको हुन्छ, कसैलाई गर्दैन । यसका विभिन्न पाटाहरु हेर्नका लागि पनि एक वर्षसम्म फलोअप गर्नुपर्छ । यसको पूरै अध्ययन सकिनका लागि १६ महिना लाग्छ । यो खोप पनि दुई डोज नै लिनुपर्छ ।

यसबीच सरकारले भ्याक्सिन आउँछ भनेको छ । मलगायत स्वास्थ्य मन्त्रालय, स्वास्थ्य अनुसन्धान परिषद्को पदाधिकारीसहितको समिति बनेको छ । यो समितिले भनिरहेको छ अबको ६ देखि ७ महिनासम्म भ्याक्सिन आउँछ भनेर अपेक्षा गर्न मिल्दैन । किनभने हामी प्राथमिकतामा कतिमा छौं र भ्याक्सिन कत्तिको मात्रामा उत्पादन हुन्छ भन्ने कुरा निर्णायक हुन्छ । अर्को कुरा यस परीक्षणमा सहभागी भएका नाताले मुलुकले चाँडै भ्याक्नि पाउँछ ।

एउटा मात्र कम्पनीले विश्वभरि भ्याक्सिन पुर्याउन सक्दैन । त्यसैले गर्दा विश्व स्वास्थ्य संगठनले ८ देखि १० वटा कम्पनीको भ्याक्सिनहरु लिन्छौं भनेको छ । यो विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेको भ्याक्सिन हो । यो सकेसम्म चाँडो ट्रायल भयो र परिणाम राम्रो निस्कियो भने १६ महिना नकुरीकनै आकस्मिक स्वीकृति आएपछि खोप लगाउन शुरु हुन्छ । यो भ्याक्सिन स्वस्थ व्यक्तिमा दिएर एन्टीबडीहरु निस्कन्छ कि निस्कँदैन भनेर हेर्ने हो । यो पोलियो, टिटानसको इन्जेक्सन दिनेजस्तै हो । व्यक्तिमा एन्टीबडी विकास भयो कि भएन भनेर एक वर्षसम्म पाँचपटक अनुगमन हुन्छ, कतिसम्म एन्टीबडी बन्यो भनेर हेरिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल एन्ड भ्याक्सिन ट्रायल टाक्सफोर्स गठन गरेको छ । त्यसमा म सदस्य सचिव छु । भ्याक्सिन ट्रायलमा धुलिखेल अस्पतालबाट अनुसन्धानकर्तामा म र डा. दीपेश ताम्राकार छौं । इस्टिच्युट अफ मेडिसिन महाराजगन्ज क्याम्पसबाट आईओएमका डिन डा। दिव्या सिंह शाह र डा। रश्मि श्रेष्ठ हुनुहुन्छ । धुलिखेल अस्पतालमा हाम्रो छुट्टै टिम छ, त्यसमा डा. राम गुरुङ, डा। राजेन्द्र ताम्राकार, डा. निरेज वैद्य हुनुहुन्छ । उहाँहरुले विशेष गरी बिरामी व्यवस्थापन हेर्नुहुन्छ । मैले भ्याक्सिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने पक्ष हेर्छु । अन्त्यमा, यसमा नराम्रो प्रभाव कुनै पनि हुँदैन ।

अहिले फाइजरलगायतका कम्पनीको भ्याक्सिन दिएकोमा पनि अलि अलि त साइड इफेक्ट देखिएको छ । कतिपय अवस्थामा सिटामोल खाँदा पनि कतिको लिभर फेलियर भएको छ भने कति जनालाई एन्टिबायोटिक खाँदा पनि साइड इफेक्ट हुन्छ । तर परीक्षणमा लिइएका व्यक्तिहरु हाम्रो सुरक्षा निगरानीमा रहने भएकाले कसैले कत्ति पनि डराउनुपर्दैन । नेपाल समाचारपत्र दैनिक