१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते



अ+ अ-

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रासस