११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

 गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा

 गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा
अ अ+ अ-

काठमाडौँ । गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटी द्वारा रचना गरिएको रिटिङ रिटिङ मा वोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

दिपक लिम्बु र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा ,एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छ भने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको थियो । म्युजिक भिडियो मा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको राम्रो अभिनय हेर्न सकिन्छ ।अहिले वजारमा एकदमै चर्चित गीत यहि त होनी मायाँ पछि यही जोडी लाई लिएर म्युजिक भिडियो वनेकोमा गीत संगीत क्षेत्रका सरोकार वाला हरु वाट निर्देशक कृष्णदेव रुपाखेती लाई धन्यवाद तथा म्युजिक भिडियो गुणस्तर मा उच्च स्तरको रहेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएका छन् ।

चर्चित कोरियोग्राफर काजिस श्रेष्ठ को कोरियोग्राफी छायाङ्कन उत्सव दाहाल भिडियो सम्पादन तथा कलर विनोद वाम मेकअप नन्दा अधिकारी सहायक कोरियोग्राफर प्रशान्त मगरको रहेको छ भने निर्देशनमा अहिलेका एकदमै व्यस्त प्रतिष्ठीत निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।

काभ्रेको पाँच खालमा हालै छायाङ्कन गरिएको यो म्युजिक भिडियो अव्वल भएकोमा गीतकार चिन्तामणी सिवाकोटी एकदमै खुशी हुदै निर्देशक लगायत सम्पूर्ण टीम लाई धन्यवाद दिनु भएको छ ।
नेपाली ग्रामीण जनजीवन को जीवन्त कथा वस्तु र स्थानीय परिवेश लाई समेटिएको यस म्युजिक भिडियो मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन मा योगदान पुग्न सक्ने विश्वास गर्नु हुन्छ गीतकार सिवाकोटी ।

मौलिक नेपाली लोक लयमा तयार भएको यो म्युजिक भिडियो Chintamani YouTube च्यानल मा उपलब्ध छ।