११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ ।

“सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले न्याय महसूस हुनुपर्ने पनि बताउनुभयो । “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ”, उहाँले भन्न्भयो । राष्ट्रपति पौडेलले अगाडि भन्नुभयो, “संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।”

न्याय आफै हुने वा प्रकट भैहाल्ने कुनै चिज वा वस्तु नभै यो गरिने विषय भएको उल्लेख गर्दै उहाँले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिका हुने हुँदा बार र बेञ्च बीचमा बेलाबेलामा छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । “न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले विभिन्न अभाव र समस्या रहेपनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुन सक्ने उहाँको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

लोकतान्त्रिक प्रणाली भित्रनै न्यायपालिका सक्षम हुने उहाँको भनाइ थियो । “ सक्षमताका निमित्त ऊ आफैं निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्याय सम्पादनमा समरुपमता हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।