२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो एमाले



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाउनु भयो ।

उहाँले संञ्चारकर्मीहरुसंग भन्नुभयो ‘आज ११ बजेको लागि संसद् बैठक बोलाईएको थियो । प्रमुख प्रतिपक्षीको मागबमोजिम ४ बजेको लागि सारिएको थियो । ४ बजे बोलाएको बैठक ६ बजे सुरु भयो । लामो समयदेखि कांग्रेसले हाउसलाई बन्धक बनायो । कांग्रेसले आफ्नो विषय राख्ने क्रममा तर कांग्रेसले हौसिएर, माँत्तिएर कांग्रेसले सरकारको रो मा आएर, कांग्रेसका सिनियर पदाधिकारी माननीयजीले उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो, यसप्रकारको असंसदीय अनि अमर्यादित काम गर्नुभयो, हाम्रो दलको नेतामाथि अमर्यादित व्यवहार भयो । यसको म घोर भर्त्सना गर्दछु । कांग्रेसबाट अलोकतान्त्रिक र गैरसंसदीय प्रदर्शन गर्यो । नेपाली कांग्रेसले सदनलाई मुठभेडको ठाउँमा लदैजाने अनि दादागिरी मच्चाउने काम गरेको छ । म एमालेको तर्फबाट घोर भर्त्सना गर्दछु ।’