५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

संसदीय समिति बनाउन सहमति जुटेन, काँग्रेसले संसद बैठक अवरोध गर्ने

संसदीय समिति बनाउन सहमति जुटेन, काँग्रेसले संसद बैठक अवरोध गर्ने
अ+ अ-

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली काँग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताउनुभएको हो । उहाँले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानविन समिति गठन हुनुपर्छ । संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शुरु गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न तयार नभएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिाछानेकेन्द्रित छानविन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुरो मिलेको छैन । छानविन समिति जुन हामीले माग गरेका छौँ । त्यसमा रविजी लगायत सहकारीमा दुरुपयोग, ठगि भएको छ । सबैलाई समेटेर छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसको लागि सत्तापक्ष तयार हुनुभएको छैन । उहाँहरुको सामान्यतया सहकारीहरुको कहाँ के समस्या छ त्यसको हेर्ने, त्यसको छानविन गर्ने भन्ने किसिमले आएको हुनाले सहमती हुन सकेको छैन । अन्य पनि छानविन होस् त्यसमा आपत्ति छैन । तर रविजीको विषयमा छानविन अवरुद्ध भइरहेको छ । त्यस हुनाले संसदीय छानविन समितिले नै माग गर्‍यौँ । त्यो विषयलाई ओझेलमा पारेर त्यसलाई सामान्यिकरण गर्दाखेरी त्यसको लक्ष्य हासिल हुन सक्दैन । त्यस हुनाले कुरा मिलेको छैन ।’

उहाँले सरकारले गृहमन्त्री लाािमछानेको विषयलाई सामान्यिकरण गरेर छानविन समिति बनाउन खोजेको भन्दै सो कुरा काँग्रेसलाई मान्य नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल