१३ मंसिर २०८१, बिहीबार
,
Latest
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुने कर्णाली याक्समा अनुबन्ध मक्सूद नेपाल आईपुगे अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो । जोशीका पक्षमा पाँचजना अधिवक्ताले बहस गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो ।