११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा

विश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा
अ अ+ अ-

भक्तपुर : राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचारको विश्वसनीयताका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा भएको युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव कार्यक्रममा उहाँले मिडियामा ‘कन्टेन्ट’ महत्वपूर्ण हुने बताउनुभएको हो ।

कुन मिडियाले कस्तो ‘कन्टेन्ट’लाई फोकस गरेको छ भन्ने विषय महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युट्युबको कन्टेन्टमाथि कसरी विश्वास गर्ने, सम्पादकीय प्रक्रिया पूरा गरेर युट्युब अगाडि बढेका छन् त ? त्यो सोचनीय छ, सम्पादकीय प्रक्रिया पूरा गर्नसके सुरक्षा चुनौती पनि कम हुन्छ ।”

“मोबाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिन्छ”,  उहाँले भन्नुभयो, “अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविष्य सकियो भन्ने होइन, अझै प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।”

विश्वकै पत्रकारिताले विश्वास गुमाइरहेका बेला अब नेपालको पत्रकारिताको भविष्य कता भनेर सोच्ने बेला  आएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारलाई गल्ती गर्ने छुट छैन, गल्ती गरेको भए तत्काल सच्याउनुपर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ती गरेको छ छैन, त्यसको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हो ।”

पछिल्लो समयमा छापा माध्यमले पनि युट्युब, अनलाइनमा जानुपरेको चर्चा गर्दै उहाँले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर छैन तर जुनसुकै मिडियाले अनिवार्यरुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो ।

राज्यले देशभर मिडिया साक्षरता चलाउनुपर्नेमा जोड दिनुहुँदै काउन्सिलका अध्यक्ष बस्नेतले भन्नुभयो, “डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ, यसका लागि राज्यले बजेट छुट्याउनुपर्छ ।”

उहाँले जनताले चलाउने सोसियल मिडिया र पत्रकारले चलाउने मिडियाको फरकपन के हो भन्ने छुट्याउनुपर्ने  र प्रत्येक स्थानीय तहसम्म मिडिया साक्षरता अभियान पुग्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुँदै गएको बताउनुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले युट्युबर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार उज्वल आचार्यले अस्थायी पत्रकारिताका चुनौती  विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार तीर्थ कोइराला, अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, इकान्तिपुर अनलाइनका सम्पादक दुर्गा खनाललगायतले पत्रकारले अचारसंहिताको पालना र पत्रकारिताको दिगो स्रोतको पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस