२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा लगातार पाँचौं जित हासिल गरेको छ । टोलीले चालू सिजनको ६२औं खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको हो ।

यो जितसँगै आरसीबीले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । टोली १२ अंकसहित पाँचौं स्थानमा छ । योसँगै दिल्ली छैटौं नम्बरमा पुगेको छ ।

एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले घरेलु मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । खेलको प्लेयर अफ द म्याच क्यामरुन ग्रीन भए । उनले ३२ रनको अविजित इनिङ खेले । एक विकेट पनि लिए ।

आरसीबीका लागि रजत पाटीदारले ३२ बलमा ५२ रनको अर्धशतक बनाए भने विल ज्याकले ४१ रन बनाए । विराट कोहलीले २७ रन बनाए । क्यामरन ग्रीनले ३२ रनको अविजित इनिङ्स खेले । दिल्लीका खलिल अहमद र रसिख सलामले २–२ विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक–एक विकेट लिए ।

डिसीका कप्तान अक्षर पटेलले ५७ रनको इनिङ खेले । साई होप २९ रन बनाएर आउट भए भने ज्याक फ्रेजर–मगार्क २१ रन बनाएर आउट भए । आरसीबीका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिए । सपनिल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रीनले एक–एक विकेट लिए । २ ब्याट्सम्यान रनआउट भए ।

आजको खेलः गुजरात टाइटन्स भर्सेस कोलकाता नाइट राइडर्स – साँझ ७ः४५ बजे