२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल जारी छ ।

चेन्नईको चेपौक मैदानमा जारी खेलमा राजस्थानले घरेलु टोलीलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन जोड्यो ।

उसका लागि रियान परागले सर्वाधिक अविजित ४७ रन बनाए भने ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४, जोस बटलरले २१ र सन्जु सामसनले १५ रन बनाए ।

बलिङतर्फ चेन्नईका सिमरजित सिंहले ३ तथा तुषार देशपाण्डेले २ विकेट लिए । यो खेल राजस्थानले जितेमा राजस्थान प्लेअफमा पुग्नेछ भने चेन्नईले जितेमा उसले प्लेअफका लागि बलियो दाबेदारी प्रस्तुत गर्नेछ ।