५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने



अ+ अ-

जापान। जापानको टोकियोमा “जापान – नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ ।

आगामी असार २ गते ( जुन १६ तारिख ) आईतबार टोकियोको फुस्सा सि कुमागावामा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने निर्णय भएको हो । जापान स्थित नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी ( दुबसु ) को उपस्थितिमा हुने उद्घाट्न समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र एनआरएनए आईसीसीका उपाध्यक्ष रविन प्रसाद शेरचनको समेत उपस्थिति रहने छ ।

यस्तै कार्यक्रम नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं राजु काजी शाक्य, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीहरु उमेश प्रधान र हरि खड्का, जापान फुटवल एशोसिएसनको प्रशिक्षक ताकेदा चियेकी र कलाकार राजु लामाको समते उपस्थिति रहने छ । जापान – नेपाल फुटबल संघ (एन्फा जापान) लाई आधिकारिक मान्यता प्रदान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जापान आउन लाग्नु भएको जापान – नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले जानकारी दिए ।

संयोजक खड्काले कार्यालय उदघाटनसंँगै कार्य समिति घोषणा, नयाँ कार्यसमितिका सदस्यहरुको सपथ ग्रहण र विधान पारित गर्ने कार्यक्रम तय भएको समेत बताए । कार्यालय उद्घाटनकै दिन ६ टिमको सहभागितामा च्यारिटी म्याच समेत खेलाइने भएको छ । खेल नकआउटको आधारमा हुने छ । च्यारिटी म्याचमा सहभागी टिमको नेतृत्व टिम नेपाल रातो (अ) को क्याप्टेन प्रमुख अतिथि राजदूत डा.दुर्गाबहादुर सुवेदी ( दुबसु ) रहने छन भने नेपाल निलो (अ) टिमको क्याप्टेन राजु काजी शाक्य हुने छन् ।

यस्तै एन्फा नेपाल (अ) टिमको क्याप्टेन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्ने छन् । यस्तै टिम सगरमाथा (अ) को क्याप्टेन हरि खड्का हुनेछन भने रारा (अ) टिमको क्याप्टेन उमेश प्रधानले गर्नेछन् । यस्तै आईसीसी एनआरएन ११ (अ) को क्याप्टेन रविन शेरचनले गर्नेछन् । खेल हाचीओजी टोकियोमा स्थानीय समय अनुसार अपरान्ह ३ बजे देखि राति ८ बजे सम्म हुने छ । खेल हेर्न उपस्थित भइदिन हुन एन्फा जापानका संयोजकले जापानमा रहेको नेपाली नागरिकलाई अनुरोध समेत गरेका छन् ।