२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

७९ निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा, थप ६९ वटालाई कालोसूचीमा राख्न सिफारिस

७९ निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा, थप ६९ वटालाई कालोसूचीमा राख्न सिफारिस
अ अ+ अ-

काठमाडौँ । यति बेला ७९ वटा निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा छन् । निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने, ठेक्का हत्याउन बैंक ग्यारेन्टीको नक्कली कागजपत्र बनाउने, समयमै सामग्री खरिद गर्न नसक्नेलगायत गलत काम गर्ने निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।साउनयता मात्र २४ वटालाई कालोसूचीमा राखिएको कार्यालयका कानुन शाखा निर्देशक राजेशकुमार थापाले बताए । कालोसूचीमा राख्न भन्दै थप ६९ वटा निर्माण कम्पनी र सप्लायर्सको नाम सिफारिस आएको छ ।

‘साउनयता कालोसूचीमा पर्नेमा लकडाउनका बेला मालसामान खरिद गर्न नसकेका र रुग्ण ठेक्कालाई म्याद थपे पनि काम नसकिएका छन्,’ थापाले भने, ‘त्यस्तालाई नियमअनुसार कम्तीमा एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।’ ठेक्कामा बिडरको धेरै कमजोरी भएकालाई दुई र तीन वर्षसम्म कालोसूचीको समय तोकिएको छ । लकडाउनका बेला समयमै सामान ल्याउन नसकेका केही सप्लायर्सलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । ‘विगतलाई हेर्दा गलत काम गरेर कालोसूचीमा पर्नेहरू बढ्दै गएको देखिएको छ, कालोसूचीमा राख्न अनुरोध गरेर पठाउने पनि बढेका छन्,’ उनले भने, ‘गलत काम गर्नेलाई सजायको भागीदार बनाउनुपर्छ भन्ने चेतना बढेको छ ।’

गत जेठ १९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ ९दोस्रो० संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस गरेको थियो । तर प्रतिनिधिसभा विघटन भएसँगै उक्त ऐन पनि अन्योलमा परेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर खरिद ऐनको दोस्रो संशोधनका लागि विधेयक पेस भएको थापाले बताए । ‘संसद्मा दर्ता हुनासाथ छलफल गरेर समितिमा लैजाने कुरा थियो,’ उनले भने, ‘तर प्रतिनिधिसभा विघटन भयो, नयाँ संसद् नहुँदा संशोधन अड्किने देखियो ।’ उनका अनुसार संशोधनमा धेरै फरक पर्ने खालका विषय पेस गरिएको छैन ।

‘संशोधनमा निर्माण व्यवसायीले ठेक्का सम्झौता हुनासाथ पाउने पेस्की रकम घटाउने प्रस्ताव थियो, जसमा अहिले २० प्रतिशतसम्म दिने व्यवस्था छ । संशोधनमा १० प्रतिशतभन्दा बढी नदिने भनिएको छ,’ उनले भने, ‘ठेक्काको बिड गर्ने समय अहिले ४५ दिन र ३० दिन छ, यसलाई घटाएर ३० र २१ दिन बनाउन भनिएको छ ।’ नियमावलीमा भएका विषय ऐनमा व्यवस्थित रूपमा राखिएको उनको भनाइ छ । कालोसूचीमा राख्ने अहिलेको प्रावधान पनि एकदेखि तीन वर्षसम्म मात्र छ । संशोधनमा भने पाँच वर्षसम्मको व्यवस्था गरिएको छ । ‘ठूला ठेक्कामा नक्कली डकुमेन्ट पेस गरी ठग्नेलाई तीनदेखि पाँच वर्ष भनेर दुई तह राखिएको थियो,’ थापाले भने, ‘प्रतिनिधिसभा नै विघटन भएकाले ऐन पनि अलपत्र परेको छ ।’ भइरहेकै कानुनअनुसार कालोसूचीमा राखेर कारबाही गरिने उनको भनाइ छ ।

‘मन्त्रिपरिषद्बाट निर्देशन जारी गरेर २० प्रतिशत पेस्कीको सट्टा १० प्रतिशत मात्र दिन भनिएको थियो, त्यहीअनुसार ठेक्का सम्झौता भएपछि धेरै कार्यालयले १० प्रतिशत मात्र पेस्की दिने गरेका छन्,’ थापाले भने, ‘नियमवालीमा परिवर्तन गरिएको छैन, ऐनमा राखेर ऐनबाटै संशोधन गर्ने भनेर प्रस्ताव गरियो । तर ऐन कानुनकै संशोधन रोकियो, हालको ऐनमा त २० प्रतिशत दिनुपर्ने भन्ने नै छ ।’ ऐन संशोधन भएर नआउँदासम्म पहिलेकै कानुनमा टेकेर काम गर्नुपर्ने उनको भनाइ छ । कान्तिपुर दैनिक