२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना



अ+ अ-

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताउनु भयो । उहाँले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताउनु भयो । उहाँले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उहाँले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताउनु भयो । उहाँले कम्युनिष्ट सरकारले श्रमीक, मजदुरको हितमा काम नगरेको जिकिर गर्नुभयो । उहाँले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको कम्युनिष्ट पार्टीहरुले चलाएको सरकार हेर्नुस् त । कहिले श्रमीक, मजदुरको हित गरेका छन् ? पहिला दरबार दरबारको नाममा अपराधीकरण गर्दथ्यो । अहिले त्यस्तै भएको छ । पार्टीहरु नै दरबार भएका छन्, अपराधी काम गरिरहेका छन् । भ्रष्टाचारका कुरामा कुनै न कुनै नेताहरु संलग्न भएकै छन् । अहिले जति भ्रष्टाचार र अपराध भइरहेको छ, त्यो सबै दल संरक्षित भइरहेको छ । यो देशको लागि खराब कुरा हो । कसरी यो संविधानलाई बचाउने की नबचाउने ? यो सोच्नुपर्छ , जनताले अर्नरसिप लिएका छैनन् ।’

‘डेलिभरी भएको छैन । जनताका लागि सामाजिक सुरक्षा, रोजगारी दिएको भए जनताले स्वीकृति दिन्थे, त्यो छैन । नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ । कसरी संविधान बचाउन सकिन्छ भन्ने चुनौति छ । अहिलेको संविधानको बेनिफिट पनि हामी गुमाउँदैछाँै । यो रिभुलेसनी संविधान हो । यसले देशलाई बोक्रो बनाइरहेको छ । यसलाई राम्रो बनाउन सकिन्छ की सकिँदैन यो चुनौति हो । यसलाई छोड्दा पनि र यसै रुपमा राख्दा पनि समस्यामा पर्छौं । यो संविधानलाई रिभ्यु गर्नुपर्छ ।’

पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरु संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गर्नुभयो । अहिलेको संविधानको बिरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताउनु भयो । वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताउनु भयो । उहाँले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताउनु भयो । अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गर्नुभयो ।