२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।  

बैंकको आईपीओमा हिजो सोमबार साँझसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिइसकेका छन् । १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।   

माघ २ गतेदेखि अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । 

त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।