२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित



अ+ अ-

ब्रिस्बेन । भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । 

ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ । 

पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । 

भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए । भारतका लागि अन्य खेलाडीहरु शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले ७ र शार्दुल ठाकुरले २ रन बनाएका थिए । 

ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यतिठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो । 

भारतका पन्तले प्लेयर अफ द म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । 

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ तथा दोस्रो इनिङमा ३२९ रन बनाएको थियो ।