२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

आजबाट भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

आजबाट भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु
अ अ+ अ-

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज ९बुधबार०देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया ९एसआईआई०ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।

नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोनाविरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताए । उनले भने, आज (बुधबार)सम्म केही हुन्छ कि भन्ने हो । तर खोप कहिले र कति आउने भन्नेबारे टुंगो छैन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अनुदानमा खोप आउने भनिए पनि कति आउने भन्ने निक्र्योल भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।