९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

एउटा व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरु हेरफेर हुँदैन: अर्थमन्त्री पुन

एउटा व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरु हेरफेर हुँदैन: अर्थमन्त्री पुन
file photo
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरुमा हेरफेर गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजेटमा राजश्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरी रहेको बताउनु भयो । उहाँले राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व रहेकाले निजी क्षेत्रको मागलाई सकेसम्म सम्बोधन गर्ने बताउनु भयो । उहाँले आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको दुई तहको भन्सार दर फरक बनाउने कुरामा सकारात्मक रहेको बताउनु भयो ।

उहाँले विगतदेखि २० प्रतिशत महँगोमा पनि आन्तरिक(स्वदेशी)उत्पादन सरकारले खरिदमा गर्नुपर्ने नीतिगत सुधार गर्ने बताउनु भयो । अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई सरकारलाई आवश्यक वस्तुहरु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको बताउनु भयो । उहाँले सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारले वेब पोर्टल बनाएर स्वदेशी उत्पादन एकै ठाउँमा डिजिटल रुपमा हेर्नसक्ने प्रविधिमार्फत नेपाली उत्पादनलाई तीनै तहका सरकारहरुले खरिद गर्ने व्यवस्था गरिने बताउनु भयो । उहाँले बजारमूल्य भन्दा बढी भएपनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी वर्षको बजेट स्वदेशी घरेलु उत्पादनहरुलाई प्रवद्र्धन गर्ने नीति र बजेटको व्यवस्था गरेर सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्ने नीति अपनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले करका दरहरु हेरफेर गर्दा निजी क्षेत्रसँग परामर्शबाट नै गर्छौं । अहिले पनि श्रृंखलावद्ध रुपमा छलफल गरिरहेका छौं । राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व छ । सरकारले कुनै व्यवसायीहरुलाई सरप्राइज दिने ढङ्गले कुनै पनि करका दरहरु हेरफेर गर्दैनौं । पुष्ट्याँईसहित गर्छौं । आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको एक तहको भन्सार दर फरक हुनुपर्छ भन्नुभएको छ । अहिले दुई तहको भनेर सुझाव आएको छ । त्यो सुझावलाई कसरी सकिन्छ । त्यो हेर्छौं । विगतदेखि २० प्रतिशत महँगोमा पनि आन्तरिक(स्वदेशी)उत्पादन हो भने सार्वजनिक खरिदमा सरकारले खरिद गर्नसक्छ भनेका छौं । नियमावलीहरुमा सुधार गर्नुपर्ने देखिन्छ । स्वदेशी उत्पादलाई सरकारलाई आवश्यक वस्तुहरु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको छ ।

सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रयास गर्छौं । सरकारी कार्यालयहरुमा सवारी साधन,भौतिक वस्तुहरु त्यत्तिकै फालिरहेका छौं । त्यस्ता वस्तुहरुलाई भारत सरकारले पोर्टल बनाएर डिजिटल रुपमा हेर्नसक्ने अवस्था छ । नेपालमा पनि त्यस्तो प्रविधिमार्फत नेपाली उत्पादनलाई एक ठाउँमा हेर्न सकियोस् । जसबाट तीनैतहका सरकारहरुले स्वदेशी उत्पादनलाई खरिद गर्ने व्यवस्था गर्नुपर्छ । बजारमूल्य भन्दा बढी भएपनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्न आवश्यक छ । आगामी वर्षको बजेट स्वदेशी घरेलु उत्पादनहरुलाई प्रवद्र्धन गर्ने नीति र बजेटको व्यवस्था गरेर सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्नेतिर लान सकिन्छ । त्यसलाई सरकारले नीतिगत रुपमा नै प्ररित गछौं । जसले स्वदेशी उत्पादनलाई संरक्षण गर्छ । जसले गर्दा नेपाली उत्पादन निर्यात गर्ने ठाँउमा पुग्नसक्छौं भन्ने विश्वास हो ।’

अर्थमन्त्री पुनले सरकारले आर्थिक अपराधलाई पनि फौजादारी अपराधको रुपमा हेर्ने नीतिमा सुधार गरिने बताउनु भयो । उहाँले राजश्व,बैंकिङ लगायत अन्य आर्थिक अपराधलाई हेर्ने निकायहरु फरक–फरक रहेको भन्दै त्यही अनुसार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सबै अपराधलाई फौजदारी अपराधका रुपमा राज्यले लिन नहुने भन्दै पछिल्लो समय त्यस्तो भइरहेको स्वीकार गर्नुभयो । उहाँले आर्थिक अपराधलाई पनि फौजदारी अपराधको रुपमा लिएर व्यवसायीहरुलाई थुन्ने,बेइज्जत गर्ने काम भइरहेको भन्दै त्यस्तो गर्न नहुने संकेत गर्नुभयो । अर्थमन्त्री पुनले पछिल्लो समाय सामान्य आपसी लेनदेनमा पनि मिलेमतोमा पैसा लिने भन्दा पनि एक दिन भएपनि थुन्नुपर्छ भन्ने सामाजिक प्रवृत्ति बढेको बताउनु भयो । उहाँले आर्थिक अपराधलाई समाधान गर्ने निकायहरु अन्तर्राष्ट्रिय रुपमा पनि फरक हुने बताउनु भयो । उहाँले सरकारले पनि व्यापार,उद्यम र व्यक्तिलाई सहज बनाउने भन्दा पनि सबैलाई फौजदारी अपराधतिर लैजाने खालका नीतिहरु रहेको बताउनु भयो । उहाँले अब त्यस्ता नीतिहरुलाई सरकारले अन्तर्राष्ट्रिय नीति र अनुभव अनुसार परिमार्जन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘देशभित्रै भविष्य छ भन्ने युवा पुस्तालाई सन्देश दिने गरी बजेट निर्माण गर्ने बनाउँछौ । समग्र निजी क्षेत्रलाई प्रवद्र्धन,प्रोत्साहन गरी मनोबल उच्च बनाउने गरी काम गर्ने विश्वास दिलाउन चाहन्छु । सबैलाई हामीले फौजदारी अपराध बनायौँ । आर्थिक अपराध हुन्छ त्यसलाई पनि फौजदारी अपराधको रुपमा लिएर व्यवसायीहरुलाई थुन्ने,बेइज्जत गर्ने भएको छ । सामान्य आपसी लेनदेनको कुराहुन्छ । सहजिकरण गर्ने काम सरकारी निकायले गर्‍यो भने होइन पैसा खोज्दैन एक दिन भएपनि थुनि दिनुस् भन्ने सामाजिक मनोवृत्ति वा प्रवृत्ति बनेको छ । सरकार पनि त्यतैतिर जाने जस्तो भएको छ । सरकारले राजश्वको कुरा सम्बन्धि अलग्गै कानूनहरु छन् । अलगै निकायहरु छन् ।’

‘राजश्व उठाउने ढङ्गले,विवाद आयो भने मिलाउने विभिन्न निकायहरु हुन्छन् । अन्तर्राष्ट्रिय अनुभवहरु पनि छन् । त्यतातिर जाने भन्दा पनि सजिलै अनुसन्धान गर्ने मुद्दा चलाउने । बाहिर प्रगति देखाउने यति अर्ब र करोडको मुद्दा चलाई भन्ने नै बहादुरी हुने जस्तो छ । सरकारले व्यापारलाई सजिलो गरौं । उद्यमलाई सजिलो गरौं । नागरिकहरुका व्यक्तित्वलाई क्षति नगरेर सहज गरौैँ भन्ने भन्दा पनि सबैलाई फौजदारी अपराधतिर लैजाने खालको भएका छन् । म पनि स्वीकार छु । आर्थिक अपराधलाई समाधान गर्ने विधि अन्तर्राष्ट्रिय देशमा अर्कै खाले हुन्छ । फौजदारी अपराधलाई राज्यले एक ढङ्गले ढिल गर्छ । त्यसरी नै जानुपर्छ । सरकारका कानूनहरुमा कहाँ कमी छ । त्यतातिर लैजाने सरकारको प्रयास हुन्छ ।’

उहाँले देशभित्रै भविष्य छ भन्ने सन्देश युवा पुस्तालाई दिनेगरी बजेट निर्माण गर्ने बताउनु भयो । अर्थमन्त्री पुनले समग्र निजी क्षेत्रलाई प्रवद्र्धन,प्रोत्साहन गरी मनोबल उच्च बनाउने गरी काम गर्ने विश्वास दिलाउनु भयो ।