२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते



अ+ अ-

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज २:४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ । घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् ।

लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।