१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँको वायु अझै अस्वस्थ

काठमाडौँको वायु अझै अस्वस्थ
अ अ+ अ-

काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ८५ रहेको थियो ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ ।

सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोको कारण वायु प्रदुषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यका लगायतका मुख्य सहरमा प्रदुषण बढेर वायु नै अस्वस्थ रहेको छ ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदुषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो ।

विभागका अनुसार यसअवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसम जस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदुषित धुवाँ धुलोबाट वायु प्रदुषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको वन डढेलोको कारण प्रदुषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

“हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्”, उहाँले भन्नुभयो, “भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरण बमोजिम सन् २०२४ को सुरुवातबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदुषण बढेको पाइएको छ ।”

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदु्षण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो चिन्हले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।” उहाँले भन्नुभयो, “१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।”

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस