१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आगलागीमा करोडौँको क्षति

आगलागीमा करोडौँको क्षति
अ अ+ अ-

बरहथवा । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हँुदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ ।

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा क्षतिको विवरण आँकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरुपमा खरानी भएको र चार जनाको पक्की घरमा आङ्शिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टरसमेत जलेको छ । विष्णु –१ शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहँु तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो ।

तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ । यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ । बासको लागी विद्यालयमा प्रबन्ध गरिएको विष्णु –१ का वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । धेरै पीडितले गएराती घर डढेकै स्थान नजिकै रात बिताएका थिए

पीडितका लागि तत्काल विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिनुभयो । पीडितको दीर्घकालिन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उहाँको भनाइ छ । रासस