५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक सेवा प्रशारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको भन्दै त्यसो नगर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराउनु भयो । उहाँले आज सत्तामा छु भनेर सधैँ सत्तामा रही नरहने भन्दै सत्ता बाहिर हुँदा पनि र सत्तामा रहँदा पनि बराबर हुने गरी विधेयक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जहाँ पनि हुनसक्छाँै भन्ने मान्यताबाट सार्वजिनक सेवा प्रशारण विधेयक बन्नुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक सेवा प्रशारणलाई सरकारी सेवा प्रशारण हुन नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक सेवा प्रशारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको छ, त्यसो नगरिदिनुस् । आज पो तपाईं सत्तामा हुनुहुन्छ, भोलि म त्यहाँ जाउँला । तपाईं अर्कोतिर पर्नुहोला । त्यसैले हामी जहाँ पनि हुनसक्छाँै भन्ने मान्यताबाट सार्वजिनक सेवा प्रशारण सार्वजनिक सेवा प्रशारण नै होस्, सरकारी सेवा प्रशारण नहोस् ।’

नेता रिजालले निर्वाचनमा जित्ने र हार्नेबाट मात्रै प्रजातन्त्र हुन नसक्ने बताउनु भयो । उहाँले सत्तामात्रै अनित्म सत्य हो भन्ने बाटोबाट हिँड्न नहुने पनि बताउनु भयो ।