२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ । यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न आवश्यक परे आपत्कालिन स्थितिको घोषणा गर्न समेत नेफेजले आग्रह गरेको छ ।

हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटनाहरु बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ । डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी बिज्ञप्तिमा उल्लेख छ ।

डढेलोका कारण राजधानीलगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ । यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ । रासस