६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने



फाईल फोटो
अ+ अ-

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा सङ्कलन प्रवेश शुल्क निर्धारण गरिएको छ । अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ ।

चैतदेखि पाटनमा यार्सा उम्रिने सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताउनुभयो । गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ ।

मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा सङ्कलन गर्न जिल्ला बाहिर र जिल्लाबासी बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन् । छोटो समयमा यार्सा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीका काम गर्नसक्ने उमेर स्थानीय बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छाडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिकमात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ । मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ । यार्सा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा सङ्कलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङ्दाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ । यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्ला बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ र मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छे पाटनमा पुग्ने गर्दछन् ।

सङ्कलकबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारी हेलिकप्टरमै पाटनमा आउने गरेका छन् । गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीन जना सङ्कलकको हिउँपहिरोमा परी मृत्यु भएको थियो । रासस