१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

तरकारीले बजार नपाउँदा किसान मर्कामा

तरकारीले बजार नपाउँदा किसान मर्कामा
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गर्नुभएको छ । उहाँले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोप्नुभएको छ । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित हुनुहुन्छ ।

“बजारमा तरकारी बेच्न लैजाँदा लागत खर्च नै उठनेगरी व्यापारीकै दरभाउमा बेच्नुपर्ने भएको छ”, गौतमले भन्नुभयो, “तरकारी उत्पादन गर्दा लागेको खर्च नै नउठ्ने भएपछि निराश भएका छौँ ।” उत्पादित तरकारी रु १० देखि रु १५ प्रतिकिलोका दरले पनि मुस्किलले बिक्री हुन थालेको उहाँले बताउनुभयो ।

“तरकारी उत्पादन गर्दा लागत खर्च नै प्रतिकिलो रु २० जति पर्ने गरेको छ, त्यसमा ढुवानी खर्च जोड्दा रु २२ प्रतिकिलोसम्म पर्छ, बारीमै कुहिनुभन्दा सस्तोमै बिक्री गर्न बाध्य छौँ”, गौतमले भन्नुभयो ।

व्यापारीले आधा किलोभन्दा बढी तौलका लौका, फर्सीलगायत तरकारी खरिद गर्न मान्दैनन् त्यही भएर बेच्न नपाएर बारीमै कुहिन थालेको दिलबहादुर चौधरीले बताउनुभयो ।

“बजार सानो छ, तरकारी उत्पादन धेरै छ, त्यही भएर पनि तरकारी बिक्री गर्न समस्या छ”, उहाँले भन्नुभया । किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगर, अत्तरिया, कैलालीको धनगढीसम्म बिक्रीका लागि लैजाने गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, भीमदत्त, लालझाडी, कृष्णपुर, बेलौरीलगायत क्षेत्रमा अधिक तरकारी उत्पादन हुने गरेको छ ।

पहिला उत्पादित तरकारी नेपालगञ्ज, काठमाडौँ, बुटवलसम्मका व्यापारीले खरिद गरेर लैजाने गरेका थिए । हाल कैलाली कञ्चनपुरबाहेकका जिल्लामा तरकारी बिक्री नहुँदा किसानलाई तरकारी बेच्न समस्या भएको छ ।

“एकै गाउँबाट दैनिक कम्तीमा ५० क्विन्टल तरकारी उत्पादन हुने गरेको छ”, स्थानीय नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “बजार सानो छ, त्यही भएर सस्तोमै तरकारी बिक्री गर्न खोजे पनि खपत कम हुँदा बिक्री हुन पाएको छैन ।”

स्थानीय तह र जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले किसानले उत्पादन गरेको तरकारीको बजार प्रवर्द्धन गर्न आवश्यक रहेको किसानको भनाइ छ । व्यावसायिक तरकारीखेती गर्ने किसानलाई सरकारी तवरबाट प्रोत्साहित गर्न बीउबिजन, सिँचाइ, मलखाद, कृषियन्त्र र औजारमा अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिएपछि त्यसको परिणामस्वरुप तरकारी उत्पादन गर्ने किसान बढेका छन् । स्थानीय किसानले उत्पादित तरकारी बिक्री गर्न बजार व्यवस्थापनको कार्यमा सहजीकरण गरिदिनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।