१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ ।

मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसि टुंग्याउन निर्देशन दिनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताउनु भयो । उहाँले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताउनु भयो । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो बैठकले समितिमा गएका विधेयकहरु छलफल कसरी भइरहेको छ ? समितिका बैठकहरु कसरी चलिरहेका छन् ? र समितिबाट विधेयक पारित भएर प्रतिवेदनको रुपबाट आउने तयारी कहाँ पुगेको छ ? ताकि अब आउने अधिवेशनमा हाम्रो विधेयकहरु पेश हुनसक्ने कुराको स्थिति कहाँ पुग्यो भन्नेकुराको जानकारी राख्ने, त्यसमा केही समस्याहरु छन्, समस्याको निराकरण खोज्ने, समस्या छैनन् तिनलाई बुझ्ने र आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो । स्थितिको जानकारी प्राप्त भयो । विधेयकहरु अझैपनि कतिपय छलफल भएर टुंगिएका छैनन् । तिनीहरुलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरु बस्ने । बनेका उपसमितिका बैठकहरुले पनि समितिलाई प्रतिवेदनहरु दिने र यसलाई छिटो टुंग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ । आजपनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ । अधिवेशनमा आउने अप्ठ्याराहरुलाई हल गर्नका लागि सबैले भुमिका निर्वाह गरौँ । ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो । यो पनि एउटा पहल हो । आवश्यक परेमा शिर्ष तहमा छलफल संयुक्त, अलग–अलग रुपमा गर्छु ।’

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिनुभएको बताउनु भयो । उहाँले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अपm्ठ्याराहरुको बारेमा पनि समिति सभापतिहरुले सभामुख समक्ष राखेका जानकारी दिनुभयो । उहाँले आगामी बजेटमा संसदीय समितिहरुलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताउनु भयो । उहाँले समिति बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरुलाई पनि आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदीय समितिको भुमिका कमजोर भयो । भएका विधेयकहरु आएनन् । समितिमा अड्किइरह्यो । त्यसलाई चाँडोभन्दा चाँडो समितिले छलफल गराएर निष्कर्षसहित पास गरेर ल्याउनुपर्‍यो भन्ने कुरा उहाँको निर्देशन भयो । हामीले के राख्यौँ भने समितिका सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पनि जानु जरुरी छ । त्यहाँ जाँदा र संसद बैठकमा जाँदै गर्दा समितिमा आउनलाई समय नसकेको अवस्था छ । समिति बैठकमा कोरम नपुगेर छोड्नुपरेको अवस्था । यसलाई कसरी समाधान गर्ने ? सबै साथीहरुलाई कसरी लिएर आउने वातावरण हुन्छ त ? यसले गर्दा आज सचेतकहरुलाई पनि बोलाएर सबै पार्टीले यसमा भुमिका खेल्नुपर्‍यो भनेर कुरा राखेका छौँ । आगामी बजेटमा संसदीय समितिलाई पर्याप्त बजेट भएन भने धेरै कुरामा हामी अड्किएका छौँ । आगामी दिनमा यो नहोस् भनेर राखेका छौँ ।’

उहाँले समिति सभापतिहरुसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताउनु भयो ।