१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल

गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल
अ अ+ अ-

नारायणगढ । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

यहाँ माग पूर्ति गर्न नसक्दा अन्यत्रबाट रगत ल्याउने गरिएको भन्दै उहाँले एक महिना अघि पनि एक हजार युनिट रगत पोखराबाट ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी मौसममा रक्तदान कार्यक्रमको आयोजना कम हुन्छन्, प्राय: यस मौसममा रगतको अभाव हुने गर्दछ ।” उहाँले रक्तदाताको सङ्ख्या घट्दा पनि रगतको अभाव देखिएको बताउनुभयो ।

धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उहाँको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उहाँले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताउनुभयो । उहाँले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिनुभयो । रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उहाँको भनाइ थियो ।

रक्तदान गर्न अपिल

रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ, “भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र प्राइभेट, सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दो भएकाले र हाल गर्मी मौसमका कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुनु भएकाले रगतको मागमा हाल अत्यधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान, दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घ संस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ ।”

इच्छुक रक्तदाता एवं रेडक्रसकर्मीले नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत मातहतका रक्तसञ्चार युनिट ९क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, वघौडा अस्पताल आकस्मिक रक्तसञ्चार एकाइ, रत्ननगर नगरपालिकाअन्तर्गत नेरेसो रक्तसञ्चार एकाइ० मा गई रक्तदान गरी सहयोग पुर्‍याइदिनु हुनका लागि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले जारी गरेको अपिलमा अनुरोध गरिएको छ ।

मेडिकल सिटिका रुपमा विकासहुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ््ख्यामा बिरामी आउने गरेका छन् । रासस