१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै

गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
अ अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत)लाई सचेत गराउन थालिएको छ । उहाँहरुलाई गर्मी र तातो हावाबाट बच्न सचेतना तथा जागरण फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँकेले स्वयंसेवक समेत परिचालन गरेको छ ।

चार दिनसम्म नेपालगञ्ज उमहानगरपालिका–२१ र २२ मा तातो हावाको उच्च जोखिममा रहेका परिवारलाई सचेतना तथा जागरणको काम गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी, बाँकेका उपनिर्देशक दोलख डाँगीले जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको घर–घरमा पुगी सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी रुपमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिरामीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा सूचित गरिने बताउनुभयो । यसका लागि दुई वडामा ६ स्वयंसेवक परिचालन गरिँदै छन् ।

अमेरिकी रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालनमा छ । उपनिर्देशक डाँगीले चार दिनसम्मको अवस्था हेरेर पुन: अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै यसबाट किसान, श्रमिक वर्ग, पिछडिएको वर्ग र ज्यालादारीमा काम गर्ने वर्ग सबैभन्दा बढी लाभावन्वित हुने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका आपतकालीन कार्यव्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्मी दिनप्रतिदिन बढ्दै गएकाले श्रमिक वर्गका लागि नेपालगञ्ज–२ को रानीतलाउ नजिक कुलिङ सेन्टर निर्माण गर्न लागिएको जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले आगमी पाँच दिनसम्म निरन्तर तापक्रम बढ्ने जनाएको छ । दिउँसो गर्मी र तातो हावाका कारण नेपालगञ्जको जनजीवन प्रभावित भएको छ । रासस