२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा कोलकाताले दिल्लीलाई दोस्रो पटक हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४७ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । केकेआरले यो सिजन दोस्रो पटक डिसीलाई हराएको हो ।

यो जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । टोलीको ९ खेलपछि १२ अंक छ । अर्कोतर्फ दिल्लीले ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ ।

इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर १५४ रनको लक्ष्य पूरा गर्यो । वरुण चक्रवर्ती प्लेयर अफ द म्याच भए । उनले १६ रन दिएर तीन विकेट लिए ।

डिसीका लागि ९ नम्बरमा ब्याटिङ गरेका कुलदीप यादवले २६ बलमा अविजित ३५ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रनको योगदान दिए । कोलकाताका वरुण चक्रवर्तीले ३ विकेट लिए भने वैभव अरोरा र हर्षित रानाले २र२ विकेट लिए । मिचेल स्टार्क र सुनिल नारायणले एक–एक विकेट लिए ।

केकेआरका लागि फिल साल्टले ३३ बलमा ६८ रनको इनिङ खेले । उनले सिजनमा चौथो अर्धशतक प्रहार गरे । कप्तान श्रेयस अय्यरले ३३ र वेंकटेश अय्यरले अविजित २६ रनको योगदान दिए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रन जोडे । दिल्लीका अक्षर पटेलले २ तथा लिजार्ड विलियम्सनले १ विकेट लिए ।