१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ: मन्त्री शर्मा

नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताउनु भयो । उहाँले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले आइटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सूचना प्रविधि उद्योगको प्रवद्र्धनका लागि देश भित्र र बाहिरका साना तथा ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मन्त्री शर्माले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताउनु भयो । उहाँले सञ्चार मन्त्रालयले लगानी सम्मेलनमार्फत अघि सारेका विभिन्न परियोजनामा लगानीको वातावरण बनाउन लगानीकर्ताहरुको ध्यानाकर्षण पनि गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको अभाव रहेकाले चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ । यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सुचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ भन्ने हाम्रो विश्वास छ । सुचना प्रविधि उद्योगको प्रवद्र्धनका लागि देश भित्र र बाहिरका साना, ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार छ । विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर पनि हामीले तयारी गरिरहेका छौँ । लगानी सम्मेलनमार्फत हामीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको तर्फबाट डाटा सेन्टर, आइटि टेक्नोपार्क, कम्युटर हार्डवेयर एसेम्ली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्र्याक्चर तथा एसम्बल प्लान्ट, इन्कुभेसेन सेन्टर र फिल्म सिटी गरी महत्वपूर्ण आठ वटा परियोजना अगाडी सारेका छौँ । हामीले अगाडी सारेका परियोजनामा लगानीको वातावरण बनाउन म लगानीकर्ताहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

मन्त्री शर्माले सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभइ विदेशी लगानीकर्ताहरुको समेत उपयुक्त स्थल भएको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आइटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्रै होइन विदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सुचना प्रविधि उद्योगका लागि अनुकुल भौगोलिक हावापानी त छदैछ । दक्ष जनशक्तिको उपलब्धताको कारण कम लागतमा आइटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ । प्रत्येक वर्ष दश हजारभन्दा बढी नेपाली युवा सुचना प्रविधिको क्षेत्रमा थप भइरहेका छन् र अहिलेपनि झन्डै एक लाख युवाहरु सूचना प्रविधि सेवा निर्यात क्षेत्रमा क्रियाशिल रहेकाले यहाँ दक्ष जनशक्तिको अभाव छैन । सुचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नेगरी आवश्यक नीति, कानून र पूर्वाधार विकासका लागि सरकार प्रतिवद्ध छ ।’

‘साइबर स्पेशलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक साइबर सुरक्षा नीति २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । त्यस्तै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ । डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकुल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्न जरुरी भएको छ । दुरसञ्चार क्षेत्रमा फाइभजी लगायत नविनतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेगरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको छ । सूचना तथा सञ्चार प्रविधि नीति २०७२, दूरसञ्चार नीति २०६० लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ । निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातावरण सिर्जना गर्न कानून तथा मापदण्डको तत्काल तर्जुमा गरिनेछ । लगानी प्रवद्र्धन गर्नेगरी अन्य आवश्यक कानूनको तर्जुमा गर्ने काम पनि सम्बन्धित मन्त्रालयहरुबाट भइरहेको छ ।’

मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिहरुलाई समयानुकल परिमार्जन गरिरहेको पनि बताउनु भयो ।